समाचार

एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । महासचिवको अध्यक्षता बस्ने उक्त बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण आज बैठक बस्न लागेको एमालेले जनाएको छ...

नवसर्जक साहित्य चौतारी नेपालद्वारा ८ जना सम्माति

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले ८ जना स्रष्टालाई सम्मान गरेको छ । साहित्य चौतारी नेपालले शनिबार हेटौंडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा ८ जनालाई सम्मान गरेको हो । साहित्य चौतारीले लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधानलाई प्रदान गरेको छ । प्रधानलाई १५ हजार ५ सय...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाका अनुसार, प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र...

नेपाल मोबाइल व्यवसायी महासंघको संठगन विस्तार

मकवानपुर । नेपाल मोबाइल व्यवसायी महासंघले आफ्नो संठगन विस्तार गरेको छ । संघले शनिबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै संगठन विस्तार गरेको हो । संगठन विस्तार महासंघका अध्यक्ष भरत भट्टराईको अध्यक्षतामा भएको हो । महासंघ र मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रमबाट...

दुर्घटनामा हेटौंडाका दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा शनिबार साँझ सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस मकवानपुरगढीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । पालिका सभापति राजवीर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिनसहित कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष एवम् वडा सदस्यहरुलाई टिका र खादा लगाई सम्मान गरिएको हो । कार्यक्रममा कांग्रेस सभापति राजवीर मोक्तानले मकवानपुरगढीमा...

प्रशारण लाइनमा चढेका विकको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

मकवानपुर । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रशारण लाइनमा विहानैदेखि झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गरेकी छिन् । उनले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको उल्लेख गरेकी छिन् । उनले ट्विटरमा...

हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा गुप्ताको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका ५ औरही पुलमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट मिर्चैयातर्फ जाँदै गरेको ना ७ ख ९०३१ नम्वरको ट्रकले विपरित दिशातर्फ आउँदै गरेको ना ५९ प ७४ ६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट, दुई जना पक्राउ

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । बोक्सी आरोपमा जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि...

पाँच दलीय गठबन्धन निरन्तर जाने कांग्रेस नेता बानियाँको दावी

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धन निरन्तर जाने दावी गरेका छन् । सभापति बानियाँले भक्तपुरको चुनदेवीमा आयोजित शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानको १० औं वार्षिक स्मृति सभा तथा छात्रवृत्ति एवम् प्रमाण वितरण समारोह कार्यक्रमलाई सम्बोधन गर्दै सो कुराको दावी गरेका हुन् । बागमती...