एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
महासचिवको अध्यक्षता बस्ने उक्त बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण आज बैठक बस्न लागेको एमालेले जनाएको छ ।
सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा पनि छलफल हुनेछ ।
