बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट, दुई जना पक्राउ
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । बोक्सी आरोपमा जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ वर्षीया कालोदेवी र ५४ वर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको थिए । दुबै महिलामाथि गत जेठ २६ गते बिहान कुटपिट भएको हो ।
प्रहरीले उक्त घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ४५ बर्षीय भुलन राम र २८ बर्षीया सोमनी भनिने सोमारी देवी रहेका छन् । उनीहरुबिरुद्ध बोक्सीको आरोप लगाई कुटपिट गरी ज्यान मार्ने उद्योग शीर्षकमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
