समाचार

तीन दिनदेखि बेपत्ता युवकको शव फेला

कपिलवस्तु । कपिलवस्तुमा एक युवकको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको जिल्ला प्रहरीले कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार, उनको शव श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा डुबेको अवस्थामा फेला परेको हो ।...

सातामा ८०० ले घट्यो सुनको भाउ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ । महाशाखाका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ प्रतितोला तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ...

मुगुमा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ । विद्यालय संचालन भएको करिब एक महिनापछि मुगुमा पाठयपुस्तक पुगेको छ । गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो । छायाँनाथ रारा नगरपालिका अन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा...

अनाथालयकी बालिका करणी आरोपमा अध्यक्ष र सचिव पक्राउ

इलाम । जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ...

जिसस मकवानपुरः गठबन्धन दलमा सहमति जुटाउन सकस, होला त एमालेको इन्ट्रि ?

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन असार २ गते हुने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकामा जेठ ३० गते उम्मेदवारीको मनोनयन दर्ता, ३१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असार १ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने उल्लेख छ । उम्मेदवारीको...

मकवानपुर गोल्डकप : आज नेपाल आर्मी र एभिनियर एफसी क्यामरुन भिड्दै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् शनिबार फाइनल प्रवेशको लागि खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज नेपाल आर्मी क्लब र एभिनियर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुँदैछ...

होटेलको छतबाट खसेर युवकको मृत्यु

रुपन्देही । रुपन्देहीको भैरहवामा होटलको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्देहीको कोटिहिमाई गाउँपालिका ५ का २४ बर्षीय अमित यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यादवको भैरहवा बसपार्कमा रहेको होटल सि प्रिन्सको छतबाट खसेर मृत्यु भएको हो । यादव शनिबार बिहान मृत फेला...

आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन संचालनमा रोक

तनहुँ । तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्डमा केही दिन ठूला सवारीसाधन संचालनमा रोक लगाइएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन संचालनमा रोक लगाइएको हो । उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा संचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका...

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ ।...

जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचन तालिका सार्वजनिक

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार निर्वाचन आगामी असार २ गते हुने भएको हो । नर्वाचनको मिति तय गर्न शुक्रबार अपराह्न बसेको सर्वदलीय बैठकपश्चात कार्यालयले तालिका सार्वजनिक गरेको हो । मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठका...