सातामा ८०० ले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २८,शनिबार १५:३०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको भाउ घटेको जानकारी दिएको छ । महाशाखाका अनुसार, गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ प्रतितोला तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको छ ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।