समाचार

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत रहेका छन् । उनीहरुलाई बिहीबार उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो...

माविको विषयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत्र १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा संचालन गरेको थियो । उक्त परीक्षामा सहभागी ३२ हजार ९७ जना...

पहिरोले अवरुद्ध सडकमा यातायात संचालन गर्न भित्तो खार्न थालियो

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिकै आज बिहान सडक भारिएर अवरुद्ध भएको बाटोमा यातायात संचालन गर्न भित्तो खार्न थालेको छ । वर्षाका कारण आधा सडक नदीमा खसेपछि आजै बिहानैदेखि अवरुद्ध बाटोमा यातायात संचालन गर्न भित्तो थार्न थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, भित्तो...

भासिएको सडक नजिकै नदी किनारमा दुई जनाको शव फेला

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडक नजिकै नदी किनारामा दुई जनाको शव फेला परेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिँएको सडक नजिकै खोला किनारामा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, बाट एउटा कार...

ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन जेठ २९ र ३० गते हुने

काठमाडौं । नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन यही जेठ २९ र ३० गते हुने भएको छ । ट्रेड युनियन कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय लिएको हो । बैठकले जेठ २९ र ३० गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलनको...

स्थापना दिवसमा सुत्केरीलाई स्यानेटरी प्याड वितरण

मकवानपुर । नेकपा एमालेको भातृ संगठन नेपाल स्वास्थ्यकर्मी महासंघ मकवानपुरले हेटौंडा अस्पतालमा रहेका सुत्केरीहरुलाई स्यानेटरी प्याड वितरण गरेको छ । संघले आफ्नो १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडा अस्पतालमा रहेका सुस्केरीहरुलाई स्यानेटरी प्याड वितरण गरेको हो । प्याड वितरण कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष रामहरी ढकाल, महासंघका बागमती...

सडक भासिँदा पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भासिँदा यातायात अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण सडकको केही भाग भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँ...

मकवानपुर गोल्डकप : आज घरेलु टोली हेटौंडा र नेपाल पुलिस क्लब भिड्दै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् शुक्रबार फाइनल प्रवेशको लगि पहिलो खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल...

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी...

बसको ठक्करबाट दाहालको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै आज बिहान बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्वरको (नेपाल–भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहाल रहेको...