जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

तु खबर संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १५:२४
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ सल्यानथानस्थित बन्दै गरेको घरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३३ वर्षीय सरोज दाहाल लगायत रहेका छन् ।

उनीहरुलाई बिहीबार उक्त घरमा जुवातास खेलाईरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ६१ हजार ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।