काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

तु खबर संवाददाता
२०७९ जेष्ठ २८, शनिबार ०८:३५
file-photo

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २ः३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रको भनाई छ । राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित भएर घरबाहिर निस्किएका थिए ।