समाचार

हेटौंडाबाट लागूऔषधसहित क्षेत्री पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ फरेष्टी अगाडिबाट २९ ट्याब्लेट लागूऔषध नाईट्रोभेटसहित शुक्रबार बिहान एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाल्पा घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने २२ वर्षीय सनम क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय...

दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाँङ गाउँपालिका–७ स्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हिलिहाङ–४ का ३६ बर्षीय रमेश योङया रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शुक्रबार बिहान साढे ८ बजे...

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं । प्रतिनिधि सभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश...

नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार

काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । बिहिबार सामान्य सुधार देखिएको पुँजीबजार आज शुन्य दशमलव ३८ प्रतिशतले घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३...

प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत चैत्र २१ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।...

‘माइक्रोस्कोप अपरेटिङ’ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत विद्यार्थीले माइक्रोस्कोप अपरेटिङ र प्याज कोषको ‘टेम्पोररी स्लाइड’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार गरेको छ । हेटौंडा– ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ जना विद्याथीलाई...

भीरबाट खसेर आचार्यको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा वडा नम्वर ६ मा शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

ताप्लेजुङ पहिरो अपडेट : बेपत्ता दुई जनाको शव फेला

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । गएराति वर्षासँगै घरमाथिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएका सिरिजङ्घा गाउँपालिका–७ खेबाङका दुई जनाको शव फेला परेको हो । प्रहरीका अनुसार, पहिरोले पुरिएर बेपत्ता तुलसा अधिकारी र यसोधा अधिकारीको मृत्यु भएको हो । मृतक...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । आज शुक्रबार प्रदेश १ र मधेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यस्तै, आज राति प्रदेश १ र...

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौं । गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक विद्यालयमा अध्ययनरत नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शिक्षक रामहरी ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय...