नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेको छ । आज नेप्से ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । बिहिबार सामान्य सुधार देखिएको पुँजीबजार आज शुन्य दशमलव ३८ प्रतिशतले घट्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता शेयर किनबेच हुँदा ७३ करोड ६३ लाख १२ हजार १५७ रुपैयाँको कारोबार भएको छ । पुँजीबजारमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक हाइड्रोपावर समूहको शेयर घट्न पुगेको छ । सो सूचक आज १८.५८ रुपैयाँले घट्न पुगेको छ ।
