दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाँङ गाउँपालिका–७ स्थित मध्य पहाडी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा हिलिहाङ–४ का ३६ बर्षीय रमेश योङया रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शुक्रबार बिहान साढे ८ बजे लोकमार्ग अन्तर्गत एक्चेप्पा स्थित भिरमा अड्किएको अवस्थामा फेला परेका योङयालाई ईलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको प्रहरी टोलीले भिरबाट निकाली उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
