नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

तु खबर संवाददाता
२०७९ असार ३, शुक्रबार ०९:२८
सांकेतिक तस्बिर

काठमाडौं । गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक विद्यालयमा अध्ययनरत नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिक्षक रामहरी ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका गत जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा ज्ञवालीलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।