बिहीबार १२ अंकले बढ्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ असार २,बिहीबार १६:२३
file-photo

काठमाडौं । केही दिनयता लगातार घटेको शेयरबजार आज सामान्य सुधार आएको छ । बुधबार २९.८९ अंकले घटेर १९६६ को विन्दुमा पुगेको नेप्से आज १२.५७ अंकले बढेर ०.६४ प्रतिशतले बढेर १९७८ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँको कारोबार भएको छ । यसअघि नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा रहेका १३ उपसूचकमध्ये आज लगानी सूचक बाहेकका सबै सूचक चम्किएको छ । सर्वाधिक आज अन्य समूहको ४०.७९ रुपैयाँले बढ्न पुगेको छ । त्यस्तै, माइक्रोफाइनान्स सूचक ३८.४ रुपैयाँले बढ्न पुगेको छ ।