अभिनेत्री थापाद्वारा हेटौंडामा द ल्याभेण्डर स्टुडियोको उद्घाटन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा द ल्याभेण्डर स्टुडियोको उद्घाटन गरिएको छ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री बिपना थापाले बिहीबार एक कार्यक्रमबीच उक्त स्टुडियोको उद्घाटन गरेकी हुन् ।
प्रियंका बलामीले संचालन गरेको उक्त स्टुडियोमा अर्डर अनुसार साडी, कुर्ता, लेहेङ्गा, गाउन, वाइडल ड्रेस, इम्बोड्रिइ ड्रेस, व्याग, जुत्ता गहना लगायतका सामाग्रीहरु पाइनेछ । करिब ७ वर्षदेखि भारतमा ड्रेस डिजाइनर काम गर्दै आएकी बलामीले हेटौंडा–४ हुप्राचौर खेलकुद विकास समिति अगाडी स्टुडियो स्थापना गरेकी हुन् ।
शुभारम्भदेखी एक महिनासम्म सामान खरिदमा १५ प्रतिशत छुटको व्यवस्था समेत रहेको उनले बताइन् ।
