पश्चिम बंगालमा रेलको ठक्करबाट नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७९ असार ३, शुक्रबार ०८:४०

झापा । भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको ज्यान गएको छ । रेलको ठक्करबाट झापाको मेचीनगर वडा नम्वर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको जनाएको छ ।

भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८ः१० बजेतिर ठक्कर दिएको थियो । घटनापछि भारतीय प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई जानकारी गराएको थियो । उक्त घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।