थप ३४ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७९ असार ३, शुक्रबार १७:१९
file-photo

काठमाडौं । नेपालमा थप ३४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको ।

मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।

हाल देशभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०२ जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेशनमा बसेका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ७०२ पुगेको छ । तीमध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् ।