डेंगु संक्रमित बिरामीको मृत्यु
धादिङ । धादिङमा डेंगुको उपचाररत एक बिरामीको मृत्यु भएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्वर २ का ५६ वर्षीय रामचन्द्र श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।
बिरामी भएपछि उनी स्वास्थ्य परीक्षणका लागि बिहीबार धादिङ अस्पतालमा पुगेका थिए । ल्याब परीक्षणबाट उनमा डेंगु रोगको संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि धादिङ अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार मृत्यु भएको जिल्ला अस्पताल धादिङले जनाएको छ ।
