मकवानपुरको लटरम्भेश्वर मन्दिर नजिकै एक जनाको शव फेला
मकवानपुर । मकवानपुरको लटरम्भेश्वर मन्दिर नजिकै आज दिउँसो एक जनाको शव फेला परेको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ८ र बकैया गाउँपालिका वडा नम्वर १२ को सिमानामा रहेको उक्त मन्दिर नजिकै एक जनाको शव फेला गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हाल घटनास्थल सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए । घिमिरेले तु खबरसँगै कुराकानी गर्दै आफुसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको र घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको बताए ।
