प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान

तु खबर संवाददाता
२०७९ असार ५,आईतवार ०९:४०

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरेको छ । आयोगले अघिल्लो चुनावभन्दा ३ अर्ब बढी खर्च अनुमान गर्दै उक्त रकमको बजेट लाग्ने जनाएको हो ।

आयोगले आगामी कात्तिक ३० गते बुधबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी गृहकार्य सुरु गरेको छ । आयोगले कात्तिक अन्तिम साता वा मंसिर पहिलो हप्ता प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने तयारी गरेको हो । २०७४ मङ्सिरमा दुई चरणमा भएको निर्वाचनमा आयोगले ७ अर्ब खर्च गरेको थियो ।