साताको पहिलो दिन ३७ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार १६:०४

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ । केही दिनदेखि लगायतगिरावट आएको नेप्से परिसूचक आज पनि घटेको हो । आज नेप्से ३७ अंकले घटेर १९३४.११ अंकमा पुगेर रोकिएको छ ।

आज नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा सूचीकृत १३ वटै उपसूचक राताम्मे भएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.८५ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३.६६ प्रतिशतले र फाइनान्स समूहको उपसूचक ३.५९ प्रतिशतले घट्न पुगेको छ ।