हात्तीको आक्रमणबाट मृत्यु

तु खबर संवाददाता
२०७९ असार ५, आईतवार ०९:४५
सांकेतिक तस्वीर

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नम्वर १५ की ५० वर्षीया टङ्क सोडारी रहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रहरीका अनुसार, कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुई वटा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । नदी किनारमा तटबन्धका लागि अन्य तीन महिला ढुङ्गा सङ्कलन गरिरहेका थिए । एक्कासी दुई वटा हात्ती नजिकै देखेपछि दुई महिला भागे पनि सोडारीलाई हात्तीले लछारपछार गरी, खुट्टा भाँचेर मारेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनाएकोे छ ।