समाचार
छतबाट लडेर एक जनाको मृत्यु
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गएराति दुईतल्ले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार, उनी गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै...
स्थगित हेटौंडा नगरसभा बैठक आज
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको ११ औं नगरसभा आज हुने भएको छ । असार १० गतेको लागि तोकिएको हेटौंडा नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरसभामा गणपुरक संख्या नपुगेको भन्दै आजसम्मका लागि नगरसभा स्थगित गरेकी थिइन् । हेटौंडा नगरसभा आज...
बागमती प्रदेशसभा बैठक आज बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो २ बजे प्रदेशसभा सचिवालयमा बस्ने गरी बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । आज बस्ने बैठकमा गत असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने सचिव खड्काले...
विद्यार्थीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय संचालक
काठमाडौं । कास्कीमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले शुक्रबार विद्यालय संचालकलाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–४ स्थित ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुलका संचालकलाई ४८ वर्षीय रामचन्द्र शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनले आफ्नै विद्यालयमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोप छ...
सिन्धुपाल्चोक कारागारमा एक कैदीको मृत्यु
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक कारागामा एक जना केदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको शनिबार बिहान मृत्यु भएको हो । बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको...
पेट्रोलियम पदार्थको भाउ घट्यो
काठमाडौ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब...
हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ हनुमानगेट नजिक तीन वटा सवारीसाधन एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट–१ का सन्जीव राना रहेको जिल्ला प्रहरी कार्यालय...
हत्या आरोपमा १२ जना पक्राउ
वीरगञ्ज । बारा प्रहरीले हत्याको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लालीगुराँस नगरपालिकाको लसुनेबाट बसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगर...
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बस्ने भएको हो । आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक...







