पेट्रोलियम पदार्थको भाउ घट्यो

तु खबर संवाददाता
२०७९ असार ११,शनिबार १५:४९
filr-photo

काठमाडौ । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो । आज शनिबार बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २९ रुपैयाँ मूल्य घटाएको हो । यसअनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल , मट्टितेलको मुख्य १६३ रुपैया कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।