पेट्रोलियम पदार्थको भाउ घट्यो

तु खबर संवाददाता
२०८१ असार ३,आईतवार ०८:२४
filr-photo

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो ।

इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ घटाउने निर्णय गरेको हो ।

जस अनुसार, पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । उक्त भाउ आइतबार बिहान १ बजेदेखि लागू हुने जनाइएकोे छ ।