छतबाट लडेर एक जनाको मृत्यु
महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गएराति दुईतल्ले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनी गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी थिइन् । गएराति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।
