एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

तु खबर संवाददाता
२०७९ असार ११,शनिबार १०:३७

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा बिहान ११ बजे बस्ने भएको हो ।

आज बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टीको संगठन विस्तारलगायतका एजेण्डा रहेका छन् । केन्द्रीय कमिटी बैठकको तयारी लगायतका विषयमा समाजवादीको पोलिट व्यूरो बैठक शुक्रबार बसेको थियो । तर, बैठक एजेण्डाभन्दा केन्द्रित हुने सकेन । स्थानीय तह निर्वाचनको समीक्षासमेतका एजेण्डा भए पनि पार्टीबाट सरकारकामा नेतृत्व गरेका मन्त्री हेरफेर गर्ने विषयले अन्य एजेन्डा ओझेलमा परेको थियो ।