समाचार

सवारी दुर्घटनामा परेर एकको मृत्यु

बाँके । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार, मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो...

विसं. २०८० को पात्रो प्रकाशनका लागि १७ वटा निवेदन दर्ता

काठमाडौं । विसं. २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन दर्ता भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो । समितिको सूचना अनुसार...

सशस्त्रका पूर्व डीआईजी बसन्त बानियाँको निधन

काठमाडौं । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी बसन्त बानियाँको मृत्यु भएको छ । बानियाँको उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ । संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो ।

जीपको ठक्करबाट मगरको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगर रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते...

दुर्घटनामा परेर दुई जनाको मृत्यु

चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको हो । उक्त बैठकले पदाधिकारीलाई अन्तिम रुप दिने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । अध्यक्षले प्रस्ताव गरेको नाममा सहमति...

ब्याडमिन्टन टोली आज भारत जाँदै

काठमाडौं । नेपाली ब्याडमिन्टन टोली आज भारत जाँदैछ । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई आज त्यसतर्फ जान लागिएका हुन् । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रीन्स दाहाल, क्षितिज खनाल र...

सुन व्यापारीलाई ‘हनी ट्रयाप’ मा फसाएको आरोपमा चार महिलासहित ५ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एक जना पुरुषसहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया...

आज बागमतीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागको मौसममा सामान्य देखि पूर्ण बदली रहेको जनाएको छ । महाशाका अनसार, आज गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका...

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशैभर सार्वजनिक विदा

मकवानपुर । आज भगवान कृष्णको जन्मदिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीहरुले भगवान कृष्णको पूजाआराधना गरी यो पर्व मनाउने गरिएको छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्ण भगवानको जन्म भएको धार्मिक मान्यताका आधारमा यो पर्व मनाउने गरिएको हो । कृष्ण जन्माष्टमीका...