समाचार
मुलुकमा तीनै तहको संरचना आवश्यक छः कानूनमन्त्री खनाल
मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले मुलुकमा तीनै तहको सरकारको आवश्यकता रहेको भन्दै तत्काल प्रादेशिक संरचना खारेजीको माग गर्न नहुने बताएका छन् । विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले स्थानीय र प्रदेश सरकारको लामो इतिहास भएको र स्थापना भएको धेरै समयसमेत...
मकवानपुरमा सवारी दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९, खरङ्गामा आज बिहीरबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको बा ०३–००१ ख २४८१ नम्वरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ०३–००५ प २६६३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला...
बागमती प्रदेशमा कर्मचारीको उमेर हद ६० वर्ष कायम
मकवानपुर । बागमती प्रदेशमा निजामती कर्मचारीहरुको अवकाशको उमेर हद ६० वर्ष कायम भएको सरकारका प्रवक्ता एमव् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिएका छन् । सरकारले जारी गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रमाणीकरण गरेसँगै...
हेटौंडाका एक युवक प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बस्ने १९ वर्षीय राजेन्द्र कामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, कामीलाई ३ ग्राम ५००...
बलात्कारको आरोप लागेको क्याम्पस प्रमुख कारागार चलान
बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । नेगीलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरीले जनाएको छ । नेगीमाथि कैलाली घर भई पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । गत असार...
आगोमा जलेर मजदुरको मृत्यु
विराटनगर । मोरङको सुन्दरहरैचा वडा नम्वर ११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तल्ले घरमा आगो लाग्दा श्रेष्ठको...
प्रतिनिधि सभा बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक नै पारित गर्ने तयारी गरेको छ । संसद् सचिवालयले जारी गरेको आजको बैठकको...
माओवादीको स्थायी कमिटी बैठक ४ बजेसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्न ४ बजे सम्मको लागि स्थगित भएको छ । बिहान ९ बजेको लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेसम्मको लागि स्थगित गरिएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि आजै बिहान बस्ने भएकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समय...
बसको ठक्करबाट अटो चालकसहित तीन जनाको मृत्यु
रौटहट । रौतहटको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बसको ठक्करबाट अटो चालकसहित तीन जनाको मृतयु भएको छ । जिल्लाको चन्द्रपुर–२ लच्का नजिकै काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०१ नम्वरको बसल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ह २१०९ नम्वरको अटोलाई आज...
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान १० बजे बालुवाटारमा बैठक बस्ने भएको हो । उक्त बैठकमा राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने बताइएको छ । साथै सिट बाँडफाँट कार्यदलमा भएको छलफलको...









