समाचार

यस्तो रहने छ आजको मौसम

काठमाडौं । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश...

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा एक जनाको शव फेला परेको छ । जिल्लाको थाहा नगरपालिका वडा नम्वर ३ गुफाडाँडामा आज बिहान एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । उक्त शव स्थानीय ५८ वर्षीय राम गोपालीको रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय...

सत्ता गठबन्धन कार्यदलको बैठक निष्कर्षबिहीन

काठमाडौं । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षबिहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार बसेको बैठक निष्कर्षबिहीन बनेको हो । बैठकमा संयोजकले सिट बाँडफाँटको मोडालिटी पेश गर्ने भनिएपनि सहमति नभएपछि बैठक निष्कर्षबिहीन बनेको कार्यदल सदस्य रामसहाय यादवले जानकारी दिए । उनका अनुसार, हालसम्म भएको...

नेकपा समाजवादीले तोक्यो उम्मेदवार बन्न मापदण्ड

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी मंसिरमा हुने निर्वाचनका लागि पार्टीबाट प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न सात मापदण्ड तोकेको छ । बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले सात वटा मापदण्डभित्र पर्ने मात्रै पार्टीको उम्मेदवार बन्न सक्ने निर्णय गरेको हो । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार,...

माओवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने नाम टुंगियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगिएको छ । बुधबार बसेको माओवादी स्थायी समिति बैठकले पदाधिकारीबाहेक सबै कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाएको हो । बैठकले ४१ जना सदस्य स्थायी समिति सदस्य, १२५ जना पोलिटब्युरो सदस्य, २६ जना वैकल्पिक पोलिटब्युरो...

तामाङ प्रसारण दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम

मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरले बुधबार हेटौंडामा अन्तरक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । संघले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा “तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा सम्मान” कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता एवम् जिल्ला...

हेटौंडामा सूचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने तालिम सम्पन्न

मकवानपुर । सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने प्रविधिक तालिम हेटौंडामा सम्पन्न भएको छ । अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा...

जिप दुर्घटनामा परेर ५ जनाको मृत्यु

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर–६ उलानीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परेर सबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।...

थप ८५२ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ८५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३२८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै...