माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार ०८:३५

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो । यस्तै, उक्त बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुने जनाइएको छ ।