आगोमा जलेर मजदुरको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र २, बिहीबार १०:१७

विराटनगर । मोरङको सुन्दरहरैचा वडा नम्वर ११ मा आगोमा जलेर एक जना मजदुरको मृत्यु भएको छ । आगोमा जलेर बेलबारी–११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तल्ले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।