सशस्त्रका पूर्व डीआईजी बसन्त बानियाँको निधन
काठमाडौं । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी बसन्त बानियाँको मृत्यु भएको छ । बानियाँको उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो ।
