दुर्घटनामा परेर दुई जनाको मृत्यु
चितवन । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेका छन् ।
बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइते उनको चितवनको मेडिकल कलेजमा मृत्यु भएको हो । सवारी लाइसेन्सका आधारमा प्रहरीले चालकको पहिचान गरेको हो । ट्रक र चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।
