जीपको ठक्करबाट मगरको मृत्यु

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १०:०३
सांकेतिक तस्वीर

चितवन । पूर्वी चितवनको रत्ननगरमा बोलेरोले जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगर रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते मगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।