समाचार
विज्ञान शिक्षक समाजको भेला, १५ सदस्यीय कार्यसमिति चयन
मकवानपुर । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्तरीय पहिलो नगर भेला सम्पन्न भएको छ । शनिवार हेटौंडा ४ स्थित भुटनदेवी माविको भवनमा भेला गरिएको हो । समाजका जिल्ला उपाध्यक्ष तथा भेला आयोजक समितिका संयोजक भरतप्रसाद पोखरेलको सभाध्यक्षतामा भएको उक्त भेलाले १५ सदस्यीय कार्यसमितिसमेत चयन गरेको छ ।...
नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न
मकवानपुर । नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलन नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो । नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिका इन्चार्ज शुक्रमान राइको सभाध्यक्षतामा भएको उक्त सम्मेलनले अमृत कुमार लामा अध्यक्ष...
कांग्रेसले भदौ १० गतेदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न आम निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएको छ । आगामी भदौ १० गतेदेखि २४ गतेसम्म पहिलो चरणको अभियान संचालन गरिने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार, यस अभियानमा देशभरका ७७ वटै जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिनेछ । यसबारे...
राप्रपा छाडेर आएका नेतालाई कमल थापाले दिए महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदको जिम्मेवारी दिएका हुन् । गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए...
थप २९९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ६७० पीसीआर परीक्षणमा १८० जना र २ हजार ६६७ एन्टिजेन...
माओवादीको स्थायी कमिटी बैठक जारी, पदाधिकारीको नाम प्रस्ताव (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारीको प्रस्ताव राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा उनले पदाधिकारीहरुको नाम प्रस्ताव गरेका हुन् । उनले गरेको प्रस्ताव अनुसार, पार्टीको महासचिवमा देव गुरुङ रहेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा...
लागूऔषधसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुलसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका वडा नम्वर १५ घर भई हाल पर्सा बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार...
हेटौंडाको यी स्थानहरुमा विद्युत अवरुद्ध हुने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानमा आज बिहान १० बजेदेखि विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत पर्ने क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो । प्राधिकारणका अनुसार, हेटौंडामा उपमहानगरपालिका...
हेटौंडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
मकवनपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ लेवट चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति हेटौंडाबाट मनहरी जाँदै गरेको ना ७ ख ७६१ नम्बरको ट्रकले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृतयु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर...
आज यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मनसुनमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही...










