राप्रपा छाडेर आएका नेतालाई कमल थापाले दिए महत्वपूर्ण जिम्मेवारी
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हालै राप्रपा छाडेर आएका नेतालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले नेताहरु दिलनाथ गिरी, श्यामप्रसाद तिमिल्सिनालाई उपाध्यक्ष र केशवराज श्रेष्ठलाई महामन्त्री पदको जिम्मेवारी दिएका हुन् ।
गिरी, तिमिल्सिना र श्रेष्ठ हालै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा छाडेर थापालाई साथ दिन आएका थिए । उनीहरुसँगै राप्रपा छाडेका दिलविकास राज भण्डारी भने फेरि राप्रपामै फर्किएका छन् । अध्यक्ष थापले रामसुन्दर विष्ट र दिनेशचन्द्र गुप्तालाई सहायक महामन्त्री, सुस्मिता सुवेदीलाई सहायक प्रवक्ता पदको जिम्मेवारी दिएको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए ।
