समाचार
हेटौंडाको लेवटमा भएको दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन सकेन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित लेवटमा दुर्घटनामा परेर मृत्यु भएका पुरुषको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गत शुक्रबार अर्थात भदौ ३ गते राति हेटौंडा–३ लेवटस्थित पुर्ब–पश्चिम लोकमार्ग सडकखण्डमा ना ७ ख ७६१ नं. को ट्रकले ठक्कर दिँदा मृत्यु भएका...
हत्याको आरोपमा तीन जना पक्राउ
काठमाडौं । काठमाडौं प्रहरीले एक युवकको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका–९ का १९ वर्षीय विमल राई, सोही स्थानका १८ वर्षीय जीतेन राई र सोही स्थानकै १९ वर्षीय सञ्जय राई रहेका छन् । उनीहरुलाई बौद्धस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले पक्राउ गरेको...
आजबाट ५० जिल्लाका बालबालिकालाई फाइजर खोप
काठमाडौं । आजबाट ५० जिल्लाका ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, दोस्रो चरणमा आज भदौं ५ गतेदेखि ११ गतेसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको हो । आजबाट प्रदेश नं १ का भोजपुर,...
आजको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित हुने
काठमाडौं । प्रतिनिधि सभाको आजको लागि बोलाइएको बैठक स्थगित हुने भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण स्थगित हुने भएको हो । ‘कुनै पनि प्रतिनिधि सभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा...
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा...
गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्छः मन्त्री लामा
काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल औषधि थोक व्यवसायी संघको काठमाडौंमा शनिबार भएको राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रममा मन्त्री लामाले गुणस्तरीय औषधि सस्तो मूल्यमा पाउने वातावरण बन्नुपर्नेमा जोड दिएका हुन् । औषधि उत्पादनलाई स्वास्थ्य क्षेत्रको मेरुदण्डको रूपमा...
नेपाली कांग्रेसका नेता गिरिको निधन
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । सांसदसमेत रहेका नेता गिरीको शनिबार राति ९ः३६ मा निधन भएको हो । कांग्रेसका नेता तथा समाजवादी चिन्तकसमेत रहेका गिरि लामो समय भारतको...
पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध
मकवानपुर । वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ भाल्टारमा शनिबार राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । प्रहरीका...
विरोध खतिवडा प्रतिनिधीसभा क्षेत्र नम्वर २ को उम्मेदवार सिफारिस
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्वर २ बाट विरोध खतिवडालाई प्रतिनिधीसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी क्षेत्र नम्वर २ को शनिवार बसेको बैठकले खतिवडालाई प्रतिनिधीसभा क्षेत्र नम्वर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो । आगामी १० भदौमा...










