आजको लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित हुने

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १०:१८
file-photo

काठमाडौं । प्रतिनिधि सभाको आजको लागि बोलाइएको बैठक स्थगित हुने भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनका कारण स्थगित हुने भएको हो ।

‘कुनै पनि प्रतिनिधि सभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा छ,’ संसद सचिवालयका एक अधिकृतले भने । उनका अनुसार, आजको बैठक स्थगित गर्ने औपचारिक घोषणा गर्ने तयारीमा गरिरहेको छ ।

नेपाली कांग्रेसका सांसदहरुले श्रद्धाञ्जली सभामा उपस्थित हुने भन्दै बैठक स्थगित गर्न सचिवालयलाई अनुरोधसमेत गरेको उनको भनाई छ ।