समाचार
बजेटमा नतोकिएका कार्यक्रमहरु संचालन नगर्न सरकारलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले सरकारको योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरु संचालन नगर्न तीन वटै तहको सरकारलाई निर्देशन दिएको छ । आयोगले प्रदेश निर्वाचन पूर्वाधार विकास कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम र सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ योजना तथा कार्यक्रमहरु संचालन नगर्न संघ, प्रदेश र स्थानीय तहका सरकारलाई...
दुई देशका राजदूतले लिए शपथ
काठमाडौं । विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले रपथ लिएका हुन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । शपथ समारोहमा नेपाल सरकारका...
थप २८६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप २८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३हजार ४२३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार...
महोत्तरीबाट एक मिटरब्याजी पक्राउ
काठमाडौं । महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सीतापुर भंगाहा नगरपालिका वडा नम्वर ५ बस्ने अनिरूद्र साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो । उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ...
प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगे देउवा र ओली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका छन् । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित गिरिको शनिबार राति साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको गिरिको अहिले पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको काम भइरहेको छ ।...
राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुबै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई आइतबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । उनले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ...
झिनो अंकले घट्यो नेप्से, २ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से ७.७४ अंकले घटेको हो । प्रि ओपनिङ्ग सेसनमा बढेपनि शेयरबजार बन्द हुनेबेलासम्म झिनो अंकले घटेर बन्द भएको हो । उतारचढावकाबीच घटेको नेप्सेमा आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीको ५३...
मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते
मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको महनरी गाउँपालिका वडा नम्वर ८ स्थित आज आइतबार ना ५ अ ५६०४ नम्वरको यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको उक्त बस आफै...
मकवानपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर १० स्थित मनहरी खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृत्यु हुनेहरुमा कैलाश गाउँपालिका वडा नम्वर १० की ३३ वर्षीया सन्जु प्रजा...
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्राभेट ४८० ट्याबलेट, पाइयोन स्पा प्लस ४८० क्यापसुल, डयालेक्स–डीसी १०० एमएलको १ बोतलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा साबिक अमलेखगंज वडा नम्वर ३ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौर...










