समाचार

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त

काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो । उप्रेतीसिहत निर्मलकुमार उप्रेती र...

मानवसेवा आश्रमले हेटौंडामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्ने

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ लामसुरेधापस्थित मानवसेवा आश्रमले साताव्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ । आश्रमले आफ्नो वार्षिकोत्सवको अवसरमा भोलिबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो । सोमबार आश्रममा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष रामजी अधिकारीले १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गर्दै गर्दा...

मौन अवधि २४ घण्टा मात्रै बनाउन एमालेको सुझाव

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मौन अवधि घटाउन प्रस्ताव गरेको छ । निर्वाचन आयोगले दलहरुसँग गरेको छलफलमा एमालेले निर्वाचनको मौन अवधि ४८ घण्टाबाट घटाएर २४ घण्टा बनाउन प्रस्ताव गरेको प्रचार विभाग सचिव गगन बिष्टले जानकारी दिए । आयोगलाई १३ बुँदे सुझाव बुझाएको एमालेले उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा वा...

मृत व्यक्तिलाई जीवित बनाउने भनिएका पास्टर पक्राउ

रुपन्देही । मृत व्यक्तिलाई जीवित बनाउने भनिएका एक जनालाई प्रहरीले बुटवलबाट पक्राउ गरेको छ । प्रहरीले होली क्यालोरी चर्च बुटवलका पास्टर कञ्चनपुर जिल्ला निवासी ३५ वर्षीय राजेन्द्र गोतामेलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । ‘मृत्यु भएको भनिएको व्यक्तिलाई जीवित गराइएको’ भन्दै सामाजिक...

महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक भोलि मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो २ बजे बस्ने समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टले जनाएको छ । उक्त बैठकमा यसअघि भदौं १ गतेको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची...

थप ६५८ जनामा सङ्क्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६४३ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ४०५ तथा एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २५३...

उम्मेदवारले चुनावी खर्चका लागि व्यक्ति तोक्नुपर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता अनुसार, प्रदेश र प्रतिनिधि सभाका उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ ।...

धौलागिरी लघुवित्तको आइपीओ बुधबार बाँडफाँड हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको अनुसार, आइपीओ क्यापिटलकै कार्यालय कमलपोखरी, काठमाडौंमा बाँडफाँड हुने भएको हो । तर, समय भने निश्चित भैनसकेको क्यापिटलले जनाएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ...

आज शेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ । नेप्से घटेसँगै आज शेयर बजारमा १ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमाल...

प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधि सभाको आज बसेको बैठकमा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित भएको छ । बैठकले प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । गिरीको गत शनिवार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन...