मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १६:३५

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको महनरी गाउँपालिका वडा नम्वर ८ स्थित आज आइतबार ना ५ अ ५६०४ नम्वरको यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको उक्त बस आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, घाइतेहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको छ । उनीहरुको चितवन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।