दुई देशका राजदूतले लिए शपथ

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १८:१७

काठमाडौं । विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन् । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्‍योति प्‍याकुरेल (भण्डारी)ले रपथ लिएका हुन् ।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।