मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १५:५९

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्राभेट ४८० ट्याबलेट, पाइयोन स्पा प्लस ४८० क्यापसुल, डयालेक्स–डीसी १०० एमएलको १ बोतलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बारा साबिक अमलेखगंज वडा नम्वर ३ घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौर बस्ने ३८ वर्षीय प्रमेश कुमार श्रेष्ठ र बारा साबिक अमलेखगंज–६ घर भई हेटौंडा–५ लटिनाथ बस्ने ३२ वर्षीय संग दिप पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, गत भदौं २ गते राति १० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ चेकपोष्टस्थित सडकमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख ५५९३ नं. को टीएफटी पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइपिछाइ ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि चालक प्रमेश कुमार श्रेष्ठ र सहचालक संग दिप पाण्डेलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।