राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०७९ भाद्र ५, आईतवार १७:१५
file-photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुबै सदनको बैठकबाट पारित भएका दुई विधेयकलाई आइतबार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

उनले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।