समाचार
दल दर्ताको निवेदनमाथि छानविन गर्दै निर्वाचन आयोग
काठमाडौं । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको जनाएको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँचबुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता...
पश्चिम नेपालमा भूकम्पको धक्का
काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटको समयमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो । मध्यराति भूकम्प गएपछि...
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । पदाधिकारीलाई पूर्णता दिन बैठक बस्न लागेको हो । शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको...
हेटौंडामा नेपाल प्रहरी श्रीमती संघद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना
मकवानपुर । नेपाल प्रहरी श्रीमती संघले शुक्रबार हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । संघले आफ्नो ३८ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र बागमती प्रदेश प्रहरी श्रीमती संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वामी, रिठ्ठा,...
हेटौंडामा न्यू रानाभाट ट्रायल सेन्टरको स्थापना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ थाहाचोकस्थिथ न्यू रानाभाट ट्रायल सेन्टरको सुरुवात गरिएको छ । उक्त ट्रायल सेन्टर न्यू रानाभाट ड्राईभिङ सेन्टरले स्थापना गरेको हो । २०५१ सालदेखि ड्राइभिङ सेन्टरको स्थानपना गरिएको भएपनि ट्रायल सेन्टरको आवश्यकता महसुज गरी आज शुक्रबारबाट ट्रायल सेन्टरको पनि स्थापना गरिएको संचालक सरस्वती...
हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुने भएको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला यस वर्ष हेटौंडामा गर्न लागेको हो । शुक्रबार रोट्रयाक्ट हेटौंडा र मकवानपुरले हेटौंडामा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी १० सेप्टेम्बर...
सिट बाँडफाँट गर्न गठबन्धनका शीर्ष नेताबीच छलफल जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बोलाएको बैठक केहीबेर अघि सुरु भएको माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति...
जनसंगठन मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण
मकवानपुर । हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रम जनसंगठन् समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा शुक्रबार भएको हो । एमाले पार्टीसंग आवद्ध बिभीन्न एक दर्जन जनवर्गिय संगठन्हरुका अगुना नेताहरुलाई प्रशिक्षण दिइएको हो । जनवर्गिय संगठनमा आवद्ध रहेर...
आफ्नै श्रीमती बलात्कार गरेको आरोपमा मकवानपुरका कार्की पक्राउ
मकवानपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भई हाल काठमाडौं बानेशवर बस्ने २५ वर्षीय दिनेश कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, कार्कीलाई आफ्नै श्रीमातीले दिएको उजुरुको आधारमा पक्राउ गरिएको हो । कार्कीलाई जिल्ला...
देशभर थपिए ६२३ कोरोना संक्रमित
काठमाडौं । देशभर थप ६२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ६२१ जनाको पीसीआर र ३ हजार ३२४ जनाको...










