जनसंगठन मकवानपुरको आयोजनामा अगुवा कार्यकर्ता प्रशिक्षण
मकवानपुर । हेटौंडामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्वद्ध जनसंगठनका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रम जनसंगठन् समन्वय संयन्त्र, नेकपा एमाले मकवानपुरको आयोजनामा शुक्रबार भएको हो ।
एमाले पार्टीसंग आवद्ध बिभीन्न एक दर्जन जनवर्गिय संगठन्हरुका अगुना नेताहरुलाई प्रशिक्षण दिइएको हो । जनवर्गिय संगठनमा आवद्ध रहेर केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य र जिल्ला कमिटीका पदाधिकारीहरुका लागि प्रशिक्षण दिइएको थियो । कार्यक्रमको उद्घाटन नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले गरेका हुन् ।
जनसंगठन् समन्वय संयन्त्र मकवानपुरका इन्जार्ज हिदम लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य भारती पाठक, नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश कुमार बतौंला, नेकपा एमालेका प्रदेश किमटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, भोजराज ढकाल, देबराज रिमाल, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो ।

