हेटौंडामा न्यू रानाभाट ट्रायल सेन्टरको स्थापना

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १८:५०
file-photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ थाहाचोकस्थिथ न्यू रानाभाट ट्रायल सेन्टरको सुरुवात गरिएको छ । उक्त ट्रायल सेन्टर न्यू रानाभाट ड्राईभिङ सेन्टरले स्थापना गरेको हो ।

२०५१ सालदेखि ड्राइभिङ सेन्टरको स्थानपना गरिएको भएपनि ट्रायल सेन्टरको आवश्यकता महसुज गरी आज शुक्रबारबाट ट्रायल सेन्टरको पनि स्थापना गरिएको संचालक सरस्वती रानाभाटले जानकारी दिइन् ।

कार, मोटरसाईकल, स्कुटीलगायत स–साना सवारीहरुलाई लक्षित गरेर ट्रायल सेन्टरको स्थापना गरिएको उनले बताइन् । उनका अनुसार, शुक्रबार जिल्लाको विभिन्न ड्राइभिङ सेन्टरका संचालकहरुले आफ्नो प्रशिक्षार्थीलाई ट्रायल लिएर उक्त ट्रायल सेन्टरको उद्घाटन गरिएको हो ।