देशभर थपिए ६२३ कोरोना संक्रमित

तु खबर संवाददाता
२०७९ भाद्र ३, शुक्रबार १६:४०
file-photo

काठमाडौं । देशभर थप ६२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ६२१ जनाको पीसीआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । त्यस्तै, ४८७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर ५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् ।