नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

तु खबर संवाददाता
२०७९ भाद्र ४, शनिबार १७:३७

मकवानपुर । नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलन नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषद् सदस्य कमान सिं पाख्रिन (पृथक) को प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

नेपाल बुद्धिजीवी संगठन बागमती गाउँपालिका इन्चार्ज शुक्रमान राइको सभाध्यक्षतामा भएको उक्त सम्मेलनले अमृत कुमार लामा अध्यक्ष रहने गरी २१ सदस्यीय कमिटी चयन गरिएको छ ।

यस्तै, उपाध्यक्षमा हरिदत्त पोखरेल, शुकराम पाख्र्रिन, सिद्धबहादुर बल, सचिवमा भीम भुजेल, सह–सचिवमा बीरेन्द्र समाल, म्रेमकुमार से१चुरी, उद्धवबहादुर घिमिरे र कोषाध्यक्षमा सबिना वाईबा रहेका छन् ।

यसैगरी, सदस्यहरुमा उमा थापा, सन्तोष घलान, हरि पुलामी, मिलन पहरी,रामबहादुर घलान, रामबाँजी राना, विष्णुबहादुर माझी, सोनाम घिसिङ्गलगायत रहेका छन् ।

कार्यक्रममा नेपाल बुद्धिजीवी संगठन बागमती प्रदेश सदस्य अरुण खतिवडा, गायत्री रुपाखेती, माओवादी केन्द्र बागमती परिषद् सदस्य ज्ञानसागर भोलन, माओवादी बागमतीका अध्यक्ष अरुण बल, उपाध्यक्ष बलबहादुर पाख्रिन, सचिव रहरमान थिङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।