सवारी दुर्घटनामा परेर एकको मृत्यु
बाँके । बाँकेको वैजनाथ गाउँपालिका–५ वनकटवास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँसगढी नगरपालिका–४ बर्दिया निवासी रामबहादुर कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रहरीका अनुसार, मिनी ट्रक, म्याजिक भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । मृतक कुँवर भ्यान चालक हुन् ।पश्चिमतर्फ गइरहेको भे १ क २१९६ नम्वरको मिनी ट्रक, कोहलपुरतर्फ आउँदै गरेको भे १ ज ४४९ नम्वरको भ्यान र भे ११ प २८०० को मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर नौ यात्रु घाइते भएका छन् । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
